अछाममा कोरोना कारण बन्द रहेका विद्यालय खुले
अछाम।कोरोनाभाइरस संक्रमण महामारीसँग बन्द रहेका अछामका शिक्षण संस्थाहरू खुल्न थालेका छन् ।
कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएका निषेधाज्ञालाई स्थानीय प्रशासनले खुकुलो गरेसँगै अछामका स्थानीय तहहरूले विद्यालयमा विद्यार्थी उपस्थित गराएर पठनपाठन सुरु गरेका हुन् ।
जिल्लामा संक्रमितको संख्या शून्यमा झरेपछि पालिकाहरुले विद्यालयमै पठनपाठन सुरु गर्ने निणय गरेका हुन् । साँफेबगर नगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरुमा बिहीबारदेखि पठनपाठन सुरु गरिएको नगर प्रमुख कुलबहादुर कुँवरले बताए ।
विद्यालयमा संक्रमणको जोखिम कम गर्न भौतिक दूरी, मास्क, सेनिटाइजर, साबुनपानी लगायतका मापदण्ड पालनालाई अनिवार्य गरिएको छ ।