गठबन्धन नेताहरु बालुवाटारमा,यी हुन छलफलका मुख्य एजेण्डा
काठमाडौं। गठबन्धनका शीर्ष नेताहरु अहिले बालुवाटारमा छलफलमा व्यस्त रहेका छन् । देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतको बैठक बालुवाटारमा सुरु भएको हो ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), मन्त्रिपरिषद बिस्तार लगायतमा विषयमा खटपट भइरहेका बेला गठबन्धनका नेताहरुले संवादलाई तीब्रता दिएका छन्। गठबन्धन भित्रै एमसीसीका बारेमा बेग्लाबेग्लै धारणा सार्वजनिक भइरहेको छ।
नेपाली कांग्रेसले एमसीसीलाई अगाडि बढाउने अडान राखिरहेका बेला प्रचण्ड लगयताका नेताहरुले त्यसको विपक्षमा अडान लिएका छन्। यस्तै, भदौ २२ गतेपछि सरकार बिस्तार हुने बताइएकोमा ढिलाइ भएपछि पनि गठबन्धनका नेताहरु बिच खटपट भएको हो।
बालुवाटारको बैठक अघि देउवा बाहेक गठबन्धनमा सामेल नेताहरुले हात्तीवनमा पनि छलफल गरेका थिए।