नेपालमा थप १२७१ जनामा कोरोना संक्रमण पुष्टि,थप १४ जनाको मृत्यु

काठमाडौं।नेपालमा थप १ हजार २७१ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर र ३ हजार ४६ गरि ११ ९ सय ४४ नमूना परीक्षण गर्दा १ हजार २७१ जनामा संक्रमण देखिएको हो।

 

 

यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ पुगेको छ । यस्त्ै आज थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मन्त्रालयका अनुसार आज १८४५ जना संक्रमणमुक्त भएका छन् ।