राष्ट्रिय सभा बैठक बस्दै, राजनीतिक दलसम्बन्धी अध्यादेश पेस हुने
काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेस हुने छ ।
बैठकको सम्भावित कार्यसूचीमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले लोक सेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन र अध्यागमन विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यसपछि गृह मन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेस गर्ने संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जे.बी.टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची उल्लेख छ ।