नेपालमा एमसीसी कुनै हालतमा पनि पास हुन दिदैनौँ : सी.पी. गजुरेल

काठमाडौँ ।  अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता तत्काल खारेज गर्न देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सी.पी. गजुरेलले दबाब दिएका छन्  । आज शान्त्रिबाटीका रत्नपार्कमा आयोजित जनसभा कार्यक्रममा बोल्दै अध्यक्ष गजुरेलले नेपालमा एमसीसी कुनै हालतमा पास हुन नदिने चेतावनी पनि दिए ।

 

 

उनले भने, ‘आम जनताहरूले यो कार्यमा सहयोग नगरे देश समाप्त हुनेछ, यहाँ पढेर आफ्नो नामको अघि डा. लेखेकाहरूले देशलाई अमेरिकी सरकारको हातमा दिन चाहेका छन्, त्यसैले अब सबै नेपालीहरू एकतावद्ध हुन जरूरी छ ।’

 

 

 

पछिल्लो समय नेपालमा (एमसीसी) सम्झौताविरूद्ध विरोधमा प्रदर्शन भइरहेका छन् । एमसीसी विरोधीहरू सक्रिय रूपमा उक्त सम्झौता खारेजीको माग गर्दै जनसभा, प्रदर्शन गर्दै आएका छन् । यो सँगै एमसीसी उपाध्यक्ष फतिमा सुमार तथा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको नेपाल आगमनको विरोधमा प्रदर्शन गर्नेहरूलाई सरकारले धमाधम पक्राउ गरिरहेको छ ।