अर्थमन्त्रीले प्रस्तुत गरे प्रतिस्थापन विधेयक

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच प्रतिनिधिसभा बैठकमा आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ को प्रतिस्थापन विधेयक प्रस्तुत गरेका छन् ।

 

 

एमालेका सांसदहरुले सभामुखले बैठक सञ्चालन सुरु गरेसँगै एमाले सांसदहरुले होहल्ला सहित नाराबाजी गरिरहेका छन् । अर्थमन्त्री शर्माले संसोधन बजेट प्रस्तुत गरिरहेका छन् ।