आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

हाल नेपालमा भारतको पुर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापिय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ।साथै मनसुन न्यून चापिय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ।

 

 

 

हाल मौसमको अवस्था देशभर आँशिक देखि सामान्य वदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

 

 

 

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

 

त्यस्तै आज राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

 

देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव
को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।