एमसीसी खारेज गर भन्दै केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलको नेतृत्वमा विरोध प्रदर्शन

कठमाडौं।नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा रहेकाे संयुक्त मोर्चाले एमसीसी खारेजीकाे माग गर्दै विरोध कार्यक्रम गरिएको थियो। 

 

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता खारेजीको माग राखेर विरोध प्रदर्शन गरिएको हाे।

 

एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति काठमाडौंले एमसीसी सम्झौता विरोधी नारा र कालो झण्डा प्रदर्शन गर्दै आज दिउँसो दरबारमार्ग हुँदै जयनेपाल हलसम्म विरोध प्रदर्शन गरिएको हो।

 

एमसीसीको विरोधमा दरवार र्मागबाट ¥याली सुरु नारायणहिटी हुँदै जयनेपाल हलको चोकमा पुगेर कालो झण्डासहितको प्रदर्शन गरि प्रहरीको हस्तक्षेपको बावजुत पनि कोणसभा गरियो।

 

नेकपा (क्रान्तिकिारी माओवादी)का केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुुरेलको नेतृत्वमा कालो झण्डासहित विरोध प्रदर्शन गरिएको थियो ।

 

 

त्यस्तै अखिल (क्रान्तिकारी)का उपाध्यक्ष शिलु न्यौपाने,महासंघका केन्दिय्र सचिवालय सदस्य कुमार घताने,विद्यार्थी नेता मिन प्रसाद गिरी,लगायका नेताहरुको सहभागीता रहेको थियो ।

 

नाराजुलुससहित मेरियट होटलसम्म जाने कार्यक्रम तय गरिएको भए पनि प्रहरीले जान रोके पछि उनिहरुले प्रहरीे अवरोधका विचमा पनि जयनेपाल हल चोकमा कोणसभा गरि कार्यक्रम सम्पन्न गरेका थिए।