चितवनका संघीय सांसदका घरमा खबरदारी ब्यानर राखियो, देशभक्तिपूर्ण आन्दोलनको चेतावनी

चितवन। संयुक्त संघर्ष समिति चितवनको पूर्व घोषित कार्यक्रम अन्तर्गत आज चितवनबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु सुरेन्द्र पाण्डे , कृष्णभक्त पोखरेल , उमा रेग्मी , स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको घरमा खबरदारी ब्यानर टाग्ने कार्यक्रम सम्पन्न भएको छ।

 

उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला ईन्चार्ज घननाथ सापकोटा, नेकपा का जिल्ला ईन्चार्ज सन्देश पौडेल, संघर्ष समिति अध्यक्ष फणिन्द्र आचार्य , सचिव परशुराम पौडेल अजिव लगायत १२ दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियोे ।

 

उक्त कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला ईन्चार्ज घननाथ सापकोटाले एमसीसी संसदबाट पास नगर्न सत्ताधारी पार्टीका सांसदहरूलाई चेतावनी दिदै यो संझौता पास भए देश अफगानिस्तान बन्ने र राष्ट्रिय मुक्ति युद्ध घोषणा गर्न देशभक्त प्रगतिशील शक्तिहरु बाध्य हुने बताए।

 

सम्पूर्ण देशभक्त युवाहरुलाई यो आन्दोलनमा साथ समर्थन दिएकोमा धन्यवाद दिदै हुने जनसंघर्षमा लामबद्ध हुन आग्रह गरे।