एम.सी.सी. आन्दोलनलाई सशक्त बनाउछौ : २२ दलीय मोर्चा

नवलपरासी। २२ राजनैतिक गठबन्धनमा आवद्ध दलहरुले पश्चिम नवलपरासीमा एम.सी.सी विरुद्धको आन्दोलनलाई सशक्त बनाउने भएका छन ।

 

 

बर्दघाटमा नेकपा ( क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीको आयोजनामा शनिवार भएको संयुक्त बैठकमा उनिहरुले गठबन्धनमा भएका दलहरुलाई समाबेश गर्दै आन्दोलनलाई शसक्त बनाउने निर्णय गरेका हुन ।

 

 

छलफलमा नेकपा ( मसाल ) नेकपा( क्रान्तिकारी माओवादी) नेकपा ( माले) रास्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाका नेताहरुको सहभागिता थियो ।

 

 

सो अवसरमा रास्ट्रिय जनमोर्चाको तर्फबाट प्रदेश सदस्य तिलक सुबेदी; जिल्ला अध्यक्ष किशन बहादुर अधिकारी ; क्रान्तिकारी माओवादीको प्रदेश सचिवालय सदस्य एव जिल्ला सेक्रेटरी छबिलाल खरेल; प्रदेश सदस्य क्षेत्रबहादुर थापा; क्रान्तिकारी पत्रकार महासङ्घका रबि पान्डेय क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य बोल्गा नेपाल ; नेकपा ( माले) जिल्ला सचिब भरत पान्डेय ; देजमोका नेता चुडामणि भण्डारीको उपस्थिति थियो ।

 

 

 

बैठकले सबै घटक दल सङग आइतबार छलफल पछि संयुक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

 

 

जिल्लामा २२ दलिय मोर्चा सम्मीलित नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा; नेकपा(माओवादी मोर्चा) ; बैज्ञानिक समाजवादि कम्युनिस्ट पार्टी ; नेकपा (माक्र्सवादी पुस्पलाल)लगायत ९ दल क्रियाशिल छन ।