वीपीका आन्दोलनरत पक्षलाई काममा फर्किन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा फर्किन आग्रह गरेको छ ।

 

 

आइतबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले आन्दोलनरत पक्षका अधिकांश माग सम्बोधन भैसकेका र बाँकी माग पुरा गर्दै जाने बताउँदै तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । मन्त्रालयले आन्दोलनरत पक्षले उठाएका माग र सम्बोधन भएका ८ बुँदा समेत सार्वजनिक गरेको छ ।