सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकियो, मन्त्रिपरिषद विस्तार हुन अझै केही दिन लाग्ने

काठमाडौँ । मन्त्रिपरिषद विस्तार गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा मन्त्रिपरिषद विस्तार हुन अझै केही दिन लाग्ने भएको छ ।

 

 

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरूलाई आफ्नो दलबाट मन्त्रीहरूको नाम दिन भनेका थिए ।