एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ । आइतबारको संसद बैठकमा एमालेको भूमिकाबारे छलफल भइरहेको सांसद गणेश पहाडीले जानकारी दिए ।

 

 

नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिकामा प्रश्न उठाउँदै संसदमा विरोध गर्दै आएको छ । सम्भवतः आइतबारको संसद बैठकमा पनि विरोध जारी राख्ने तयारी एमालेको छ ।

 

 

आफूले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेको आक्रोशमा एमाले सांसदहरुले गत हप्ता प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका थिए ।