आज पनि प्रतिनिधिसभा बैठकमा एमाले सांसदको नाराबाजी
काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको काम कारवाही सुरु भएको बताउने बित्तिकै उनीहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी थालेका हुन् ।
नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । यस अघि बसेको एमाले संसदीय दलको बैठकमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संसद अवरोध जारी राख्न सांसदलाई निर्देशन दिएका थिए ।