सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

काठमाडौँ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल एमालेले बहिष्कार गर्ने भएको छ।

 

 

सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका छन्। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताए।

 

 

‘एमालेसँग सम्बन्धित छलफलमा अरूलाई किन बोलाउनु पर्‍यो भन्ने हाम्रो भनाइ हो। असम्बन्धित दलका नेतालाई बोलाएको बैठकमा हामी जाँदैनौं,’  उनले भने,’अब सभामुखसँग दुई वटामात्रै विकल्प छन्, कि त हामीले कारबाही सिफारिस गरेका सांसदहरूको लिष्ट टाँस्नुपर्‍यो नभए मार्गप्रशस्त गर्नुपर्‍यो।’