भूमि आयोगको अध्यक्षमा देउवाले गरे शिक्षक नेता नियुक्त
काठमाडौं। सरकारले राष्ट्रिय भूमि आयोगको अध्यक्षमा शिक्षक नेता केशव निरौलालाई नियुक्त गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई सपथ समेत गराएका छन्।
नवनियुक्त अध्यक्ष नेपाल शिक्षक संघ संघीय कार्यसमितिका निवर्तमान अध्यक्ष समेत हुन्। भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले आयोग गठन गर्दै अध्यक्षमा निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको सरकारले जनाएको छ।
यसअघि ओली सरकारले आफ्ना कार्यकर्ता भर्ती गरेको भन्दै देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो। अहिले भने देउवा सरकारले सो आयोगलाई ब्युँताएकाे छ।
त्यस्तै केपी शर्मा ओली नेतृत्वको सरकारले देवी ज्ञवाली नेतृत्वमा बनाएको आयोग खारेजी गरेपछि आलोचना भइरहेका बेला शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्को आयोग बनाएको हो।
यसअघि ज्ञवालीले आयोग खारेजीविरुद्ध निवर्तमान अध्यक्ष ज्ञवालीले रिट हालेका थिए। तर उक्त रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले अझै छिनोफानो गरिसकेको छैन।