ओली सरकार विस्थापित गर्ने र एमाले फुटाउन भूमिका खेल्नेलेलाई पुरस्कार दिइयोः सुवास नेम्वाङ

काठमाडौं। नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ओली सरकारलाई विस्थापित गर्ने फैसला गरेका न्यायाधीशहरूलाई देउवा सरकारले पुरस्कृत गरेको बताएका छन् ।

 

 

 

एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै उनले भने, ‘ओली सरकारलाई स्थापित गर्ने फैसला गरेका अदालतका सम्बन्धित न्यायाधीशहरु, सरकारकाविरुद्ध मुद्दा दर्ता गर्ने प्रयास गर्नेहरु पक्षहहरुले महहत्वपूर्ण मेडल पाउनुभयो ।

 

 

 

राष्ट्रपतिबाट बाँडिएको पदकले देश कतातिर अघि बढिरहेको छ भन्ने संकेत मिल्ने भन्दै उनले संविधान कार्यान्वयनको चरणमा रहेकाले सबैलाई विश्वस्त तुल्याउँदै थप प्रतिबद्धता गर्नुपर्नेमा पुरस्कारको घोषणा गरेको टिप्पणी गरे ।

 

 

 

दिल्लीमा बसेर एमाले फुटाउन भूमिका खेल्नेले समेत पदक पाएको भन्दै नेम्वाङले भने, ‘एकजना साथी दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नेले मेडल पाए ।

 

 

 

यहीँ सक्रिय दुईजनाका परिवारले मेडल पाउनुभयो । कसैले मरणोपरान्त पाउनुभयो । ओली सरकारविरुद्ध मुद्दा लगाउने मेडल पाएछन् ।

 

 

मुद्दा लगाउन भूमिका खेल्ने कानुन व्यवसायीले पनि मेडल पाउनु भएछ । अरु हिसाबले भूमिका खेल्नेले मेडल पाउनु भएछ । मुद्दामा फैसला गर्ने न्यायाधीले पनि मेडल पाउनुभएछ ।

 

 

 

पारी चितुवा करायो वारी सिंगारी हारयो भनेजस्तै संविधान दिवसकै पदकको घोषणा गरिनु उचित नभएको बताएका उनले भने, ‘न्यायाधीशहरूलाई आग्रह गर्छु, यस्तो सन्देश जान दिनुहुँदैन ।

 

 

यहाँहरूले तुरुन्तै यो दिएको मेडललाई हामी अस्वीकार गर्छौं भन्नुस् । अस्वीकार गरिदिएको घोषणा गरिदिनुस् ।