६० हजार रुपैयाँ दिएर श्रीमान्को हत्या, श्रीमती पक्राउ
सिरहा ।सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको हत्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा पक्राउ परेकी छन् ।
भारत विहारको मधुवनीको जयनगर बजार नजिकै दुखरणको शव फेला परेको थियो ।उनको हत्याको योजनाकारको रूपमा हरिहरदेवी पक्राउ परेकी हुन् ।
श्रीमान् दुखरणलाई उपचारको बाहनामा जयनगर पुर्याएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।
उनकाअनुसार श्रीमानको हत्याका लागि हरहरदेवीले यादवको समूहलाई ६० हजार रुपैयाँ दिएकी थिइन् ।गत १९ भदौमा दुखरणको शव फेला परेको थियो ।
धारिलो हतियारको प्रयोग गरेर दुखरणको हत्या भएको थियो । उनको शव घाँटीसहित शरीरका विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो । न्युज कारखाना