पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं। गुल्मीमा मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

 

 

रेसुङ्गा नगरपालिका वडानम्बर(८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

 

 

पहिरोले एकतले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको हो।