प्रतिनिधिसभाले भोलि बजेट पारित गर्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाले आर्थिक वर्ष २०७८/७९को बजेट ल्याउन ल्याइएको अध्यादेश प्रतिस्थापन गर्न पेस गरिएको विधेयक पारित गर्ने भएको छ ।
बिहीबार दिउँसो २ बजे बस्ने बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई पारित गर्ने सार्वजनिक सम्भावित कार्यसूचीमा उल्लेख छ । यसअघि नै विनियोजन विधेयक २०७८ पारित भइसकेको छ ।