राष्ट्रिय सभाबाट विनियोजन विधेयक २०७८ पारित
काठमाडौं । राष्ट्रिय सभाले विनियोजन विधेयक २०७८ लाई पारित गरेको छ । बिहीबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक २०७८लाई बहुमतले पारित गरेको हो ।
एमालेका सांसदहरूले उठेर विरोध जनाइरहेका बेला सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयकलाई निर्णायार्थ प्रस्तुत गरेका थिए ।
विनियोजन विधेयक पारित भएको घोषणा गर्दै सभाध्यक्ष तिमिल्सिनाले भने, ‘अब राष्ट्रियसभाको अर्को बैठक २०७८ साल असोज ८ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।’