संशोधन गरी राष्ट्रहित अनुकूल बनाए मात्र एमसीसी पारित हुन दिने,एकीकृत समाजवादीको निर्णय
काठमाडौं। एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रहित अनुकूल नबनाई पारित हुन नदिने भएको छ ।
एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले राष्ट्रहित अनुकूल बनाएपछि मात्रै एमसीसी पारित हुन दिने बताए ।
व्यापक रूपमा छलफल गरेर संशोधन गरी एमसीसीलाई नेपालको पक्षमा पारेर मात्र पास गर्ने आफ्नो पार्टीको निर्णय भएको उनको भनाइ छ ।
एकीकृत समाजवादी सुरुदेखि नै एमसीसीको विपक्षमा उभिएको छ । तर, संसदबाट पारित गर्नैपर्ने भएकाले त्यसलाई सुधार गरेर मात्र अघि बढ्नुपर्ने सो पार्टीको धारणा रहेकाे छ ।