प्रतिनिधिसभा बैठक असोज ११ गतेसम्मको लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक असोज ११ गते बस्नेगरी स्थगित भएको छ । बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘अब अर्को बैठक असोज ११ गते सोमबार दिउँसो २ बजे बस्ने छ ।
बिहीबारको बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई पारित गरेको छ । बिहीबार पनि एमाले सांसदहरूले नाराबाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएर सो विधेयक निर्णायार्थ प्रस्तुत गरेका हुन् ।
आर्थिक वर्ष २०७८/७९को बजेट ल्याउँदा ल्याइएको अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक २०७८, आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई प्रतिनिधिसभाले पारित गरेको छ ।