कोल्टी क्षेत्रका ४ स्थानीय तहका नागरिकको समस्या समाधान गर्न ३ बुदे माग राख्दै अध्यक्ष गिरीले बुझाए प्रशासनलाई ज्ञापन पत्र

बाजुरा। बाजुरा जिल्लाको कोल्टी क्षेत्रका ४ वटा स्थानीय तहहरूमा देखिएका समस्याहरूकाे समाधान गर्न नागरिक अधिकार संरक्षण केन्द्रले जिल्लला प्रशासन कार्यलय बाजुरामा ज्ञापन पत्र बुझाएकाे छ। 

 

 

त्यस क्षेत्रका नागरिकहरु विभिन्न सेवा सुविधावाट वञ्चित हुँदै आएको र तत्काल समस्याकाे समाधान खाेज्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी समिर कुमार भण्डारीलाई केन्द्रका अध्यक्ष सर्पलाल गरीले ज्ञापन पत्र बुझाएका हुन।  

 

 

 

  नागरिकहरु विभिन्न सेवा वाट वञ्चित हुदै गएका र वर्षाको समयमा विभिन्न ठाउँमा गएको पहिरोका कारण यातातात र विधुतसहित अन्य सेवाहरू अवरूद्ध  भएकाेले त्यसकाे तत्काल समाधान खाेज्न प्रशासनकाे ध्यानाकर्षण गरिएकाे अध्यक्ष गिरीले जानकारी दिए। 

 

 

 

नेपालीहरुको महान चाडपर्व दशैँ तिहार नजिकीए सँगै देशका विभिन्न जिल्लामा सुपथ मुल्यका पसल सञ्चालन भएका छन । तर वाजुराको कोल्टीमा सुपथ मुल्य पसल संचालन त परको कुरा हो यहाँ भएको खाद्य डिपोमासम्म चामल छैन  यस क्षेत्रका नागरिकहरुले वजारमा चर्को मुल्य तिरेर चामल किन्न वाध्य भएकाे गिरीले जानकारी दिए। 

 

 

यसका लागि जिल्ला प्रशासन कार्यालय वाजुराले आवश्यक पहल गरि चामल ढुवानिमा सहयोग गरि नागरिकहरुलाई सर्वसुलभ रूपमा चामल उपलब्ध गराउन पहल गरिएकाे अध्यक्ष गिरीले जानकारी दिए।  

यस्ताे छ ज्ञापन पत्र –