हुम्लाका चार गाउँपालिकामा कांग्रेस नेतृत्व चयन

काठमाडौं। सात गाउँपालिका रहेको हुम्लामा नेपाली कांग्रेसको गाउँपालिकास्तरको अधिवेशन सुरु भएको छ । शनिबार बिहानबाट अहिलेसम्म चार गाउँपालिकामा सर्वसम्मतबाट नेतृत्व चयन गरिएको छ ।

 

 

सिमकोट, नाम्खा, खार्पुनाथ र ताँजकोट गाउँपालिकामा सहमतिका आधारमा सभापति चयन गरिएको नेपाली कांग्रेसले जानकारी दिएको छ ।

 

ताँजकोटमा कृष्ण मल्ल, खार्पुनाथमा टक्क शाही, सिमकोटमा धर्मराज रोकाया र नाम्खामा सुनामबहादुर लामा सभापतिमा सर्वसम्मत चयन भएको बताइएको छ ।

 

 

यस्तै अदानचुली गाउँपालिकामा सर्वसहमतिबाट नेतृत्व छनोट गरिने भनिए पनि सहमति जुट्न नसकेको जनाइएको छ।

 

 

यसैगरी चङ्खेली र सर्केगाड गाउँपालिकामा अधिवेशन सुरु नभएको बताइएको छ ।

 

 

गाउँपालिकाभित्र रहेका वडाका आधारमा २३ देखि ४५ जनासम्म अधिवेशनबाट नेतृत्व चयन गरेर निर्वाचित गरिएको जानकारी प्राप्त भएको। सिमकोट गाउँपालिकामा यसअघि नै सभापतिमा धर्मराज रोकायालाई सर्वसहमतिबाट निर्वाचित गरिएको छ ।