काठमाडौं उपत्यकाबाट लामो दूरीमा चल्ने सवारीसाधनको ३० प्रतिशत भाडा वृद्धि अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं । दशैंका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुले आज (असोज ११ गते) सोमबारदेखि अग्रिम टिकट बुकिङ खुलेको छ।

 

सरकारले आजदेखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो। गोंगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि टिकट काउन्टरसमेत थप गरिएको छ।

 

 

अनलाइनको माध्यमबाटसमेत टिकट बुकिङको व्यवस्था गरिएको विभागले जनाएको छ। दशैंका मनाउन लागी काठमाडौं उपत्यकाबाट लामो तथा छोटो दूरीका करिब २० लाख मानिस घर फर्किने गरेका छन्।

 

 

सरकारले गत साउनमा भाडादर समायोजन गर्दै लामो दूरीमा चल्ने यातायातको भाडा ३० प्रतिशतसम्म बढाएको छ।