नेपालमा थप १२८२ जनामा कोरोना संक्रमण पुष्टि,थप ७ जनाको मृत्यु

काठमाडौं।नेपालमा थप १ हजार २८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार सोमबार १५ हजार ४८८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

 

त्यस्तै, एक हजार २६२ संक्रमित निको भएका छन्।

 

यस्तै थप ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १०३ जनाको मृत्यु भएको छ।

 

यस्तै हाल १८ हजार ८४८ सक्रिय संक्रमित छन्।

 

 

यस्तै, काठमाडौं उपत्यकामा थप ३९४ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंका २८५ , ललितपुरका ६६ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।