बाजुराको स्वामिकार्तिक गाउँपालिकामा कटेलको नेतृत्वमा २४ सदस्य कार्यसमिति गठन

काठमाडौं। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको कांग्रेस सभापतिमा महेश कटेल निर्विरोध निर्वाचित भएका छन् ।

 

 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन तथा जिल्लाको ७ औँ अधिवेशन चलिरहेका बेला पालिका अधिवेशन असोज ९ गते बाट सुरु भएको थियो ।

 

 

स्वामिकार्तिक खापर गाउँपालिकाको अधिवेशनले सभापति महेश कटेलसहित २४ सदस्य कार्यसमिति गठन गरिएकाे छ।  

 

 

 त्यस्तै सभापतिमा महेश कटेल,उपसभापतिमा दिपक हमाल,देवराज गिरी,सचिवमा उत्तम शाही,दिर्जन विक,सह–सचिवमा धुर्व कैला, तपेन्द्र बहादुर शाही,कोषाध्यक्ष नरेन्द्र बहादुर महत्तारासहित २४ जनाकाे कार्य समिति गठन गरिएकाे छ।  

 

 

 स्वामिकार्तिक खापर गाउँपालिकाकाे नव निर्वाचित कार्यसमितिलाई निर्वाचित भएको घोषणा गरिएको छ । त्यस्तै १५ जना सदस्य पछि निर्वाचित भएका पदाधिकारीहरलेनै मनोनित गर्ने छन् ।

 

 त्यस्तै कार्यक्रमकाे प्रमुख अथिति महासमिति सदस्य तथा पूर्व भुमिसुधार सहायक राज्यमन्त्री जनकराज गिरी, अथिति नेता भरत राेकाया,केन्द्रिय तरुण बिभाग विदेश क्षेत्र समन्वय समिति केन्द्रीय सदस्य सराेज ब. शाहीलगाएतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे। 

 

 

कार्यक्रममा नेपाली काँग्रेसमा आस्तावान नेता तथा कार्यक्रर्ताको बाक्लो उपस्थिति रहको स्थानीय नेताहरूले जानकारी दिएका छन्।