प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन्। बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

 

 

बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई बोलाइएको छ।

 

 

 

स‌ंघीय संसदमा भइरहेको गतिरोध अन्त्यका लागि संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग प्रधानमन्त्री देउवाले छलफल गर्न लागेका हुन्।

 

 

बैठकमा संसद सञ्चालनमा देखिएको अवरोध हटाउनेलगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

 

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २३ भदौदेखि पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै संसद सञ्चालनमा अवरोध पुर्‍याउँदै आएको छ।