परराष्ट्रमन्त्री खड्का स्वदेश फर्ता

काठमाडौं। संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर परराष्ट्रमन्त्री नारायण खड्का स्वदेश फर्केका छन् ।

 

 

असोज ६ गते नेपाली प्रतिनिधिमण्डलसहित अमेरिका जानुभएका खड्का आज स्वदेश फर्केका छन्।

 

 

स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले कोभिड–१९ महामारी, दिगो विकास, पृथ्वीको आधारभूत आवश्यकता र मानवअधिकार रक्षाबारे राष्ट्रसंघमा छलफल भएको जानकारी दिए।

 

 

 

अमेकिरा रहँदा छिमेकी देशका विदेशमन्त्रीहरु र विभिन्न देशका प्रतिनिधिमण्डलसँग भेट गरेको खड्काले बताए ।