बाजुरामा कांग्रेसका कार्यकताले गरे रेडक्रसको एम्बुलेन्स तोडफोड

काठमाडौं। नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स तोडफोड गरिएको छ।  कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा प्रदेश (ख) मा निर्वाचनको मतगणना स्थल बनाएको बडिमालिका नगरपालिकाको गेटभित्र राखिएको एम्बुलेन्समाथि तोडफोड गरिएको हो।

 

 

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कांग्रेस कार्यकर्ताले एम्बुलेन्सको अगाडिको सीसा फुटाएकाे जनाएकाे छ।

 

 

एम्बुलेन्स भारतीय दुतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाजुराले सञ्चालन गरिरहेको थियो ।

 

 

मर्मत गरेर ल्याइएको एम्बुलेन्समा तोडफोड भएको रेडक्रस सोसाइटी बाजुराले जनाएको छ। घटना भने बिहीबार राति भएको हो ।