एमालेले पहिलो पटक शुभकामनाबिनै विधान महाधिवेशन सुरु
काठमाडौं ।नेकपा एमालेले राजनीतिक दलका अधिवेशन र महाधिवेशनमा अन्य दलका नेता तथा शीर्ष नेताले शुभकामना दिने परम्परा तोड्दै विधान महाधिवेशन सुरु गरेको छ ।
पार्टीका महाधिवेशनहरूमा विगतमा शुभकामना दिन विभिन्न दलका नेताहरू आमन्त्रण गरिन्थ्यो । तर, एमालेले भने यस पटक कुनै दलका नेताहरूलाई शुभकामना दिन बालाएकाे छैन।
महाधिवेशन उद्घाटन सत्रमा दलका अन्य नेतासमेत बोल्ने कार्यक्रम छैन । ‘अध्यक्षज्यू ओलीले सम्बोधन गरेपछि सोझै पार्टीका दस्तावेज प्रस्तुतिको क्रम सुरु हुने जनाइएकाे छ।