पहिलो खेलमा आयोजक माल्दिभ्ससँग नेपालको सान्दार जित
काठमाडौं।नेपालले साफ च्याम्पियनसिपको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० ले पराजित गरेकाे छ ।
अहिले नेपाली समय अनुसार ९ :४५ बजे सुरु भएको खेलमा नेपालले आयोजक राष्ट्र माल्दिभ्सलाइ पहिलो खेल मै पराजित गरेको हाे।
साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो । यसअघि दुई टोलीबीच अहिलेसम्म सात खेलमा प्रतिस्पर्धा भएको थियो । त्यसमध्ये माल्दिभ्सले पाँच जितेको छ भने दुई बराबरीमा टुंगेको थियो । जितसँगै नेपालले तीन अङ्क जोडेको छ ।
शुक्रबार राति भएको खेलको अन्तिम मिनेटमा मनिष डाँगीले काउन्टर अट्याकमा गरेको गोल नेपालको जितमा निर्णायक बन्यो थियाे । मनिष ८० औँ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका थिए ।
प्रसारण अधिकार नेपालका कुनै पनि टेलिभिजनसंग नभएकोले नेपाली दर्शकहरुले साफ च्याम्पियनसिप जस्तो महत्वपूर्ण प्रतियोगिता हेर्न भने पाएका छैनन।