आज दिउँसो देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ।

 

 

हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं २ बाहेक अन्य सबै प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

 

 

 

आज दिउँसो देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

 

त्यस्तै आज राती देशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

 

उक्त स्थानहरुका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।