भागबण्डामा सहमति : कांग्रेस ६, माओवादी-नेकपा एस र जसपा ५/५ मन्त्रालय

काठमाडौं । सत्तारुढ गठबन्धनभित्र मन्त्रालय भागबण्डामा सहमति जुटाएका छन्।बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मन्त्रालय बाँडफाँट गरेका हुन।

 

 

 

  मन्त्रालय भागबण्डामा सहमति जुटेको छ ।  अब सबै दलले आन्तरिक तयारी गरेर शुक्रबारसम्म जसरी पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने कुरा भएको छ। 

 

 

सहमतिअनुसार कांग्रेसले ६ वटा मन्त्रालयको नेतृत्व गर्ने छ । अहिले कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाण, परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का र कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की छन् ।

 

 

 

कांग्रेसबाट उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा छन् ।स्रोतका अनुसार अब कांग्रेसले सञ्चार र महिला बालबालिका मन्त्रालय लिनेछ ।

 

 

 

नेकपा माओवादी केन्द्र , नेकपा एस र जसपाले ५-५ मन्त्रालयको नेतृत्व र १-१ राज्यमन्त्री पाउने सहमति बनेको छ ।

 

 

 

माओवादीबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भूसालले जिम्मेवारी पाइसकेका छन् । माओवादीले अब कृषि, खानेपानी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाउँनेछ ।

 

 

 

 

नेकपा एसले पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, युवा तथा खेलकुद र रक्षा मन्त्रालय पाउँनेछ ।

 

 

 

जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, श्रम तथा रोजगार, वन तथा वातावरण र शिक्षा मन्त्रालय पाउँनेछ । माओवादी, नेकपा एस र जसपाले १/१ राज्यमन्त्री पाउने बताइन्छ ।

 

 

 

त्यसो हुँदा वर्तमान स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मन्त्रीमा बढुवा गर्नुपर्ने वा जिम्मेवारी मुक्त गर्नुपर्ने अवस्था आउँने एक नेताले जनाएका छन् ।