३३ किलो सुन प्रकरणः गोरेसहितका यी ६ जनालाई जन्मकैदको सजाय

काठमाडौं। ३३ किलो प्रकरणमा मुछिएका चुडामणि उप्रेति गोरेलाई जन्मकैदलको सजाय सुनाईएको छ । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको हो।

 

 

 

गोरेसँगै टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले लगायत ६ जनलाई पनि जन्म कैद सजायँ सुनाइएको छ। ४ वर्षपछि जिल्ला अदालतले फैसला सुनाएको हो ।

 

 

 

७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकिएको हो । बाँकी दुई जनलाई भने तीन वर्ष र ६ महिना कैद सजाय सुनाइएको छ।

 

 

 

२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो। विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बिच बाटोबाट नै एकाएक गायब भएको थियो।

 

 

 

यही विषयमा सुन तस्करीबिच विवाद भएपछि २०७४ फागुन १८ गते ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भयो र तस्करीका एकाएक घटनाका प्लटहरू बाहिरिएका थिए।

 

 

 

२०७५ वैशाख १९ गते सात जना प्रहरी सहित ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो। सङ्गठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको थियो। त्यसबाहेक अन्य लाई लगाऊ मुद्दा लगाइएको थियो।

 

 

तर अझैसम्म ३३ किलो सुन कहाँ गयो भन्ने पत्ता लग्न सकेको छैन। घटनामा मुछिएका प्रहरी देखी ४८ जनाले सफाइ पाएका छन्।