नेपालमा थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि,थप ६ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप ९६८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १६ हजार ४२ जनाको नमूना परीक्षण गर्दा पीसीआर विधिबाट ७६२ जना र एन्टिजेट विधिबाट ४ हजार ४६० जनाको परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो।

 

 

 

मन्त्रालयका अनुसार आज देशभरीका विभिन्न ठाउँमा थप ६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ।

 

 

सोही अवधिमा एक हजार ११४ जना संक्रमित कोरोनामुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रितको संख्या १६ हजार २४८ रहेको छ।