माओवादी केन्द्रको बैठक बस्दै,मन्त्रीहरुको नाम टुंगो लाग्ने

काठमाडौं।माआवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउन बैठक बोलाइएको हो ।

 

 

बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

 

गठबन्धन सरकारमा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय पाइसकेको छ । यो पार्टीले अव बढीमा चार मन्त्री पठाउनेछ ।