प्रधानन्यायाधीशले दुई मन्त्री मागेकोबारे संसदमा उठ्यो कुरा
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद्मा भाग मागेको भन्ने विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले मन्त्रिपरिषद्मा दुईजना मन्त्रीको भाग मागेको विषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन् ।
कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायाधीश जबराविरुद्ध किन महाअभियोगको प्रस्ताव आएन भनेर उनले प्रश्न पनि गरेका छन्।