क्रान्तिकारीहरु फलाम गाल्ने आगोको मुस्लो बन्न सक्नु पर्छ

नेपालमा कम्युनिष्ट आन्दोलन सफल हुन नसक्नु र क्रान्ति फस्टाउन नसकिरहुनुको मूल जड हो सर्वहारावर्गका महान नेता माओत्सेटुङगले भन्नु भए जस्तो – क्रान्ति हुन र गर्न क्रान्तिको तिन जादुगरि हतियार हुनु जरुरी छ, क्रान्तिकारी पार्टी, क्रान्तिकारी पार्टीको नेतृत्वमा क्रान्तिकारी जनसेना र क्रान्तिकारी संयुक्त मोर्चा । यी तिन मध्ये कुनै एकको अभावमा क्रान्ति सफल हुन सक्दैन ।

 

 

 

यस्तो स्थिति (क्रान्तिको तिन जादुगरि हतियार) निर्माण गर्न सच्चा कम्युनिष्ट पार्टी निर्माण हुनु जरुरी छ । नाम मात्रको क्रान्तिकारी कम्युनिष्ट पार्टी होइन । सच्चा कम्युनिष्ट पार्टी निर्माण गर्न र हुन भित्रैदेखि मालेमावादमा समर्पिट सच्चा मालेमावादी कम्युनिष्टहरुको लगनशिलताले मात्र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न सक्छ र हुन्छ ।

 

 

क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई सदावहार क्रान्तिकारी बनाई, क्रान्ति हाँक्न सक्षम बनाई राख्न ‘नेता होइन, नीति प्रधान’ को सोचलाई क्रान्तिकारी सचेतता अपनाई पार्टीभित्र घुसपैठ हुन सक्ने र हुने क्रान्ति विरोधि गलत सोच, गलत प्रवृत्ति, गलत चिन्तन, दक्षिणपन्थी अवसरवाद, दक्षिणपन्थी नवसंशोधनवाद तथा सबैखाले प्रतिक्रियावादीहरु विरुद्ध पार्टीलाई सुदृढ बनाई राख्न जरुरी छ ।

 

 

जसको निम्ति क्रान्तिकारी पार्टीका सबै जिम्मेवार नेता तथा कार्यकर्ताहरु, आवश्यकता अनुरुप संचालन हुनु र गर्नुको सँगै जनसमूदाय माझ घनिष्ट सम्बन्ध कायम गरि पार्टी सुदृढिकरण अभियानमा सदा सकृय भई, फलामलाई गाल्ने आगोको मुस्लो बनि निर्भीक्तासाथ अग्रसरभई अग्रपङ्तिमा उभिन सक्नुपर्दछ ।

 

 

सरकारको काम कहिले जाला घाम भने जस्तो गलत मनोवृति त्यागि माक्र्सवाद–लेनिनवाद–माओवादी अडान र दृष्टिकोणमा अगिद भई क्रान्तिको ज्वालामा निर्भिक्तासाथ दर्‍होगरी उभिन सक्नुपर्दछ ।

 

आफ्नै मुलुकभित्र रहेर पनि अरुको दास दासि (पराय) बनी बाच्न बाध्ये जीवन भोगि आएका ती भारतीयहरु, विशेषतस् भारतीय विस्तारवादी शासक गुटहरुको सोच र प्रवृत्ति भनेकै धाँत, छल र लुट–खसोत रहि आएको छ ।

 

 

यस्तो सोच र प्रवृत्ति आफै छुत्न पनि छुत्दैन र सहज रुपले छुताउन खोजेर छुताउन पनि सक्तैन । “नानिदेखि लागेको बानि, मरे पछि मात्र छुत्छ” भने जस्तै, ती भारतीय विस्तारवादी र त्यस्का मतियारहरुको हेपा र मिचाहा प्रवृत्ति यो आज अहिले भर्खर मात्र उप्जेको होइन ।

 

 

तात्कालिन वृटिस साम्राज्यवाद (इष्ट इन्दिया)को चंगुलबाट सन् १९४७ सालमा आएर आफु मुक्त (स्वतन्त्र) भए लगतै देखि आफ्ना छिमेकी मुलुकहरु माथि गिद्ध दृष्टि गार्दै हेपा र मिचाह प्रवृत्तिलाई अख्त्या गरी थिचो–मिचो र हस्तक्षेप कार्य अपनाउँदै आएका छन् ।

 

 

 

हेपा र मिचाहा प्रवृत्तिका ती भारतीय विस्तारवादी र त्यसका मतियारहरुको बलमिचाइले, यो हाम्रो प्राणभन्दा प्यारो स्वतन्त्र, सार्वभमसत्ता सम्पन्न, भूअखण्ड राष्ट्रनेपालको साँध सिमा हडपेर भारतीय विस्तारवादका वर्तमान प्रधानमन्त्रि नरेन्द्र मोदिको नेतृत्व सरकारले लिम्पियाधुरा क्षेत्रभित्रका कालापानी र लिपुलेकलाई पुनस्कब्जा गरी हजारौं सेना तैनाथ गरी नेपालीलाई भारत छिर्न नदिने तर भारतियहरुलाई खुल्लम खुल्ला नेपाल प्रवेश गर्न दिने रणनीति अख्त्या गरी नेपाल भारत सिमा क्षेत्रमा दादागिरी अपनाउन आउँदा पनि वर्तमान सरकार मदहोस बनि आनन्दित मनले बस्नु वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको यो दलाली प्रवृत्ति प्रस्त झल्किन आइपुगेको छ ।

 

 

नेपालको इतिहासलाई जिम्मेवारी पूर्ण ढङ्गले अध्ययन चिन्तन मनन् गर्ने क्रममा, २०१८ सालमा लिम्पियाधुराको पूर्ण क्षेत्रको जनगणनाको नेतृत्व गर्नु हुने त्यस क्षेत्रका भुपु जोनल अधिकृत तथा वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिपिवद्ध उल्लेखित नेपालको क्षेत्रफलको दाता – विशाल नेपालको क्षेत्रफल ३ लाख ६७ हजार ५०५ वर्ग किलोभिटर थियो भने सुगौली सन्धि हुनु अधि नै २ लाख ४ हजार ९१७ वर्ग किलोमिटरमा खुम्चिन पुगे, त्यसमा पनि फेरी सुगौली सन्धिले त झन अरु खुम्च्याएर १ लाख ४७ हजार १८१ वर्ग किलो मिटरमा खुम्च्याइ दियो ।

 

 

 

देशको साँध–सिमा (क्षेत्रफल) यसरी एक पछि अर्को गरी खुम्चिंदै जानुको मुख्य कारण के हुनसक्छ र हुन्छ रु खासमा भन्नु पर्दा सत्ताधारी (सत्तासिन) हरुको राष्ट्रिय स्वाधिनता प्रति गैर जिम्मेवार सोच र तिनीहरुका मानसिक्ता हरहमेसा आफु सत्तासिन भइरहने सत्तालिप्सा र आफ्नो वर्गको हक–हित अनुरुप सदा सर्वदा देशको राज्य व्यवस्था कायम रहिरहोस भन्ने दुरासयपूर्ण सोचको परिणाम हो भन्नुमा दुईमत नहोला ।

 

 

हरहमेसा सत्तामा लेसोझैं ताँसिरहने मानसिक्तालाई निहाल्न सदियौं पुरानो इतिहासलाई कोत्याउने दुस्ख कस्त उठाउनु नै पर्दैन । मुलुकमा भएको २००७ सालको जनक्रान्ति सम्झौतामा टुङ्गिएको अधुरो क्रान्ति पछिका राजनैतिक गतिविधि र घटना क्रमलाई मात्र सच्चा देशभक्त र राष्ट्रवादी सोचले निहाल्दा यथेस्त रुपले देशको ऐतिहासिक घटनाक्रम छर्लङ्गिन आउँछ ।

 

 

२००७ सालमा भएको राजनीतिक परिवर्तनको नाउँमा जनप्रतिनिधिको रुपमा पहिलो प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले नेपाली सेनालाई प्रशिक्षण दिन भनी २००८ साल चैत्र २७ मा भारतीय सैनिक टोलीलाई निम्त्याएका थिए । त्यसै क्रममा चीन सीमातिर १८ ठाउँमा भारतीय सैनिक चेकपोष्ट राख्न दिए । त्यसैगरी उनैले नेपाल–भारत बिच कोशि सम्झौताको नाउँमा असमान सम्झौता गरी नेपालको जन–सम्प्रदा भारतीय विस्तारवादलाई हस्तान्तरण गर्ने शुरुको श्रृंखला थियो ।

 

 

त्यसैगरी २०१६ सालमा नेपाली काँग्रेसले जननेता भन्ने गरेका अर्का प्रधानमन्त्री विपि कोइरालाले नेपाल–भारत बिच गण्डक सम्झौता गरेका थिए ।

 

 

जसमा सर्त के राखिएको थियो भने नेपालले गण्डक उत्तर पूर्व नेपालका कतै पनि सिंचाई योजना बनाउने कुनै शब्दसम्म नपारिकन निरुत्साहित तरिकाले गरे र भारत तिर गण्डकमा बग्ने पानीको प्रवाहमा एक थोपा पनि घट्ने गरी अरु बाँध बनाउन पाइन्दैन भन्ने जस्ता पछाडिबाट आवाज नआउने वितीय गोलि हान्ने विस्तारवादी भारतको रणनीति सामू पुरै लम्पसार परी यस्ता लम्पसारवादीहरुले यस प्रकारको अनेकौं असमान सन्धि सम्झौता गर्दै आएका छन् ।

 

 

अहिले आएर नेपाली काँग्रेसका सभापति वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साँधगाँथमा अमेरिकी साम्राज्यवादको चाहना अनुरुप अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरी स्वतन्त्र सार्वभौम–सत्ता सम्पन्न भू–अखण्ड राष्ट्र« नेपाललाई अमेरिकी साम्राज्यवादको उपनिवेश बनाई नेपाली भूमी भित्र चिन विरुद्धको रणक्षेत्र बनाई, स्वाभिमानी नेपाली जनसमुदायको प्राण भन्दा प्यारो देश नेपाललाई समुल नष्ट ध्वष्ट पार्न मरिहत्य गरी लागि पर्दै आइरहेका छन् ।

 

 

 

भने अर्को तिर एमसीसी परियोजना इण्डोप्यासिफिक रणनीतिलाई व्यवहारत कार्यान्वयन गरी तेश्रो विस्वयुद्ध सृजना गरी यसै मार्फत अमेरिकी साम्राज्यवाद आफु विस्वकै दादागिरी बनी मोजमस्ति गरी रमाई बस्ने अमेरिकी साम्राज्यवादको दुरासय मकसद देख्नमा आएको छ ।

 

 

 

हुनतस् यो एमसीसी परियोजनाको सम्झौता पत्रमा चारवर्ष अघिनै यहि देउवाको नेतृत्व सरकारका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्षेर गरिआई भ्याइसकेका छन् ।

 

 

हाल पनि शेरबहादुर देउवाकै प्रधानमन्त्रीत्वमा सरकार छ र ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री रहेका छन् । तर पनि राष्ट्रघाति एमसीसी परियोजना संसदबाट अनुमोदन हुन्न र हुने सम्भावना छैन । किनभने नेपालका देशभक्त स्वभिमानी आम जनसमुदाय एमसीसी परियोजना विरुद्ध ब्यापक रुपमा देशब्यापी जनसागर उर्ली रहेको वर्तमान स्थिति छ ।

 

 

तर पनि वर्तमान सरकार अमेरिकी साम्राज्यवादको दलाली प्रवृत्तिमा लुब्ध भएर, नेपालका देशभक्त स्वाभिमानी आम जनसमुदायको सोच र धारणा विरुद्ध, एमसीसी परियोजनालाई जबरजस्ती संसदबाट अनुमोदन गर्ने धृष्टता अपनाउँछन् भने त्यस्ता देश र जनद्रोहीहरुलाई छानीछानी नृशंस तरिका अपनाई सत्ताबाट मात्र होइन अपितु देशबाटै घोक्रोठ्यांक लगाई निस्काशन गरी पठाउन नितान्त जरुरी छ ।

 

 

अहिले नेपालमा विकास हुँदैगरेको प्रतिक्रियावादी संकट तथा अन्तरविरोधहरुको तिक्तताको सन्दर्भमा प्रतिक्रियावादी एवम् नव–संशोधनवादीहरुको यो वा त्यो गुटको अराजनैतिक गठबन्धनमा नलागि विसुद्ध क्रान्तिकारी नीतिअनुसार गएर पार्टीलाई क्रान्तिकारी दिशामा अघि बढाउने राम्रो अवसर पैदा भएको छ ।

 

 

प्रतिक्रियावादी र नव–संशोधनवादीहरुले फैलाउने दुषित हावा हुरिका अगाडि नझुकी इतिहासका नकारात्मक अनुभवहरुबाट शिक्षा लिएर दृढतापूर्वक पार्टीको क्रान्तिकारी कार्यदिशा लागू गर्न अगाडि बढेर मात्र प्रतिकूलतालाई अनुकूलतामा फेरिन सकिन्छ भन्ने कुरा बुझ्नु जरुरी छ।

 

 

मालेमावादी कम्युनिष्टहरुले अत्यन्तै महत्वकासाथ बुझ्नुपर्ने कुरो भनेको देश, काल र परिस्थिति भित्र खुम्चेर आत्मागत शक्ति कमजोर छ भनेर नेतृत्व मात्र ओगति बिरालो बाँदेर श्राद्ध गर्ने प्रथामा अल्झेर, क्रान्तिको माला जपेर बस्दैमा क्रान्ति आफै हुने कुरो होइन ।

 

 

 

क्रान्ति हुन र गर्न माक्र्सवादी–लेनिनवादी–माओवादी पठप्रर्दशणलाई आत्मासात गरी मालेमावादी अडान र दृष्टिकोण अनुरुप क्रान्तिकारी पठमा अग्रसर हुने मानसिकता निर्माण गरी, महान नेता लेनिनको दिव्य उपदेश –‘माक्र्सवादी क्रान्तिकारीहरु कुनै पनि समय र परिस्थितिभित्र खुम्चेर बस्दैन, बरु समय र परिस्थितिलाई आफु अनुकूल बनाई हरहमेसा क्रान्तिकारी पठमा अगाडि बढिरहेको हुन्छ र अगाडि बढ्नु पर्दछ’ लाई हृदयङ्गम गरी सच्चा क्रान्तिकारी कम्युनिष्टहरु हिम्मतकासाथ क्रान्तिकारी पठमा निरन्तर अगाडि बढ्न सक्नुपर्दछ ।

 

 

क्रान्तिकारी कम्युनिष्टहरुले यो कदापि भुल्नु हुन्न कि महान नेता लेनिनले ‘हरहमेसा कम्युनिष्ट आदर्श अनुरुप व्यक्तिगत आचरणमा शुद्धता र संयमलाई अत्यन्त बढि जोड दिनु हुन्थ्यो ।

 

तर म यहाँ देखिरहेको छु, यहाँको वस्तुस्थिति विलकुल उल्टो, जस्तो कि यहाँका कतिपय कामरेडहरु आफु अवल दर्जाको सच्चा कम्युनिष्ट हुँ भनि सावित गर्न बडेबडेमानको सैद्धान्तिक लेख लेख्न र भाषण छाँत्न शिपालु तर व्यवहारमा भने सुन्ने, ती छद्मभेषी क्रान्तिकारीहरु दक्षिणपन्थी अवसरवाद तथा दक्षिणपन्थी नवसंशोधनवादको जवरजस्त प्रभावका कारण राजनैतिक एवम् संगठनात्मक प्रश्नसँगै व्यक्तिगत आचरण र नैतिकताको प्रश्नमा पनि पूँजीवादी अराजकता र छाडापनबाट मुक्त छैनन् । क्रान्तिकारी पार्टीको समस्याको मूलजड भन्नु नै यहि हो ।

 

 

क्रान्ति हुन र गर्न फेरिपनि क्रान्तिकारी कार्यदिशा र क्रान्तिकारी कार्यक्रम तर्जुमा गर्नु नै पर्याप्त होइन र हुन सक्दैन । अर्को कुरो क्रान्ति हुन र गर्न देशको वर्तमान वस्तुगतस्थिति क्रान्तिको लागि सकारात्मक भएर पनि के गर्ने, क्रान्तिकारीहरुको आत्मागत स्थिति कमजोर छ भनी हातमा हातबाँधी, पार्टीभित्र रहेको रहल–पहल विकृति र विसंगति, कमि कमजोरी, गलत प्रवृति, गलत सोच (चिन्तन्), दक्षिणपन्थी अवसरवाद, दक्षिणपन्थी नवसंशोधनवाद तथा नवप्रतिक्रियावाद जस्ताको प्रभावलाई निर्मूल गरी पठाउने तिर नलागि यतिकै गतिछाडा तालले छुट दिइराख्ने हो भने आत्मागत शक्ति कमजोर मात्र होइन पार्टीमा अरु कल्पनासम्म गर्न नसकिने दुर्घटना नहोला भन्न सकिन्न ।

 

 

तसर्थ क्रान्तिकारीहरुले अत्यन्तै महत्वकासाथ हेक्का राख्नु पर्ने कुरो आत्मागत शक्ति कमजोर हुनु भनेको त्यो आफैमा एक गम्भिर रोग हो ।

 

 

जस्को निदान गरी रोगको उपचार आवश्यकता अनुरुप गर्नु नितान्त जरुरी छ । रोगको उपचार बिना आत्मागत शक्ति आफै तन्दुरुस्ति भएर आउने कुरो होइन भन्ने कुरो क्रान्तिकारी कम्युनिष्टहरुले बुझ्नु जरुरी छ ।

 

 

क्रान्तिकारी पार्टीका सच्चा कम्युनिष्टहरुले आदम्वरी रवाफ र आडम्वरि जीवन शैलिबाट माथि उठी नेता हुनुको हुँकार छोडेर, व्यवहारतस् शिष्ट बोली र सादाव्यवहारमा उत्रेर उत्पिडित जनसमूदायको मनजिती आत्मियता गाँस्न सक्नु पर्दछ ।

 

 

 

किन कि यो नै एक मात्र क्रान्तिको मूल आधार स्तम्भ हो र यसलाई सहि अर्थमा जागरुक बनाई, अधुरो रहिरहेको नयाँ जनवादी क्रान्तिलाई टुङ्गोमा पुर्‍याई यसै माध्यम वैज्ञानिक समाजवादमा फदको मार्ने यो एक भरपर्दो क्रान्तिकारी कार्य विधी हो ।

 

विना अपवाद यस विधीलाई प्रत्यक कामरेडहरुले आफ्नो जिम्मेवारी बोधका साथ व्यवहारतस् कार्यक्षेत्रमा उत्रनु क्रान्तिकारी कम्युष्टिहरुको नैतिक दाइत्व हो ।

 

 

क्रान्तिको सन्दर्भमा भन्नुपर्दा, नेपालको राजनैतिक इतिहासलाई हामीले गौरगरी हेर्‍यौभने के कुरा प्रमाणित हुन आउँछ भने नेपाली पूँजीपतिवर्गले केहि विशेष ऐतिहासिक परिस्थितिहरुमा साम्राज्यवाद सामन्तवादको विरुद्ध संघर्षमा भाग लिन सक्छ र लिएका पनि छन् ।

 

 

अन्य परिस्थितिहरुमा सो वर्ग, आफ्नो आर्थिक तथा राजनैतिक कमजोरिको कारणले गर्दा धोकेवाजभई गद्दारी गर्न पुग्छन्।

 

 

त्यसैले इतिहासको पाना पल्टाएर हामीले के सिक्न र बुझ्नु पर्छ भने नेपालमा हामीले गर्न खोजिरहेको साम्राज्यवाद–विरोधी, सामन्तवाद–विरोधी तथा यो संसदिय नवप्रतिक्रियावादी व्यवस्था विरोधी पूँजीवादी–जनवादी (नयाँ जनवादी) क्रान्ति एउटा यस्तो अभिभारा हो जसलाई पूँजीपतिवर्गको नेतृत्वमा सम्पन्न गर्न सकिंदैन, बरु सर्वहारावर्गको नेतृत्वमा मात्र सम्पन्न गर्न सकिन्छ ।

 

 

हामीले हरहमेसा यादगार बनाई राख्नु पर्ने यो नाभि सवाल सर्वहारावर्ग पूँजीपतिवर्गको पछि लाग्ने होकी पूँजीपतिवर्ग सर्वहारावर्गको पछि लाग्ने हो ? नेपाली क्रान्तिमा नेतृत् वगर्ने उतरदायित्वको यो सवाल अत्यन्तै महत्वपूर्ण छ, किन भने जसमाथि क्रान्तिको सफलता वा असफलता निर्भर गर्दछ ।

 

 

 

हुनत हामीले यो नाभि सवालको दुवैपक्षको सकारात्मक र नकारात्मक अनुभवहरु दश वर्षिय महान जनयुद्धको क्रममा हासिल गरिसकेका कुराहरु हुन् ।

 

 

 

पूँजीपतिवर्गले सर्वहारावर्गको राजनैतिक नेतृत्वको अनुसरण गर्दाखेरि क्रान्ति कसरी अघिबढ्यो र पछि जनयुद्धका मूल नेतृत्व प्रचण्डको गल्ति (गद्दारी)ले गर्दा सर्वहारावर्ग पूँजीपतिवर्गको राजनैतिक पुच्छर बन्दाखेरि कसरी क्रान्ति पछिल्तिर धकेल्न पुग्यो । इतिहासको यस घटनालाई हामीले भुलेरै पनि दोहरिन दिनुहुन्न ।

 

 

मालेमावादी हामी वहुसंख्यक उत्पिडित जनसमूदायमाथि भरोसा राख्छौँ र सम्पूर्ण परिस्थिति प्रति जिम्मेवारीपूर्ण ढङ्गले ध्यान केन्द्रित गर्छौँ । क्रान्तिकारी पार्टी पंक्तिहरुमा पद प्रतिस्था र सुविधावादको एउटा प्रतिविम्व रहेको क्रान्तिकारी पठबाट भागेका भगुवाहरुको पुच्छरवादलाई पुनर्जिवित हुन दिनु हुँदैन ।

 

 

 

पार्टीको वर्ग अदानलाई कमजोर पारिएमा, त्यसका विशिष्ट लक्षणहरुलाई अस्पष्ट बनाइएमा, पद, प्रतिस्था र सुविधावादका खाँचोहरु पुरा गर्नका लागि मजदुर किसान तथा वहुसंख्यक उत्पिडित जनसमूदायका हितको वलिदान गरिएमा, क्रान्ति अवश्य पनि पराजित हुनेछ ।

 

 

 

हामी यस अर्थमा सचेत हुनैपर्छ किनभने दह्रो क्रान्तिकारी नीति कार्यान्वयन गरी पूँजीवादी जनवादी (नयाँ जनवादी) क्रान्तिमा पूर्ण विजयका लागि प्रयासरत छौँ । र उपर्युक्त अवाञ्छनिय प्रवृतिहरुलाई हटाउनका लागि, सम्पूर्ण पार्टीको माक्र्सवादी–लेनिनवादी–माओवादी सैद्धान्तिक स्तरलाई उठाउनु अत्यन्त जरुरी छ, किनभने माक्र्सवाद–लेनिनवाद–माओवाद मात्र त्यस्तो शिक्षा दिग्दर्शक यंत्र हो जसले नेपाली क्रान्तिलाई विजय तर्फ मार्गदर्शन गर्नसक्छ ।