मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत

काठमाडौं। नवनियुक्त उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा प्रधानमन्त्री शेरवहादुर देउवाले स्वीकृत गरेका छन् ।

 

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजिनामा गर्न अनुरोध गरेका आधारमा उनले राजीनामा दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

 

 

 

प्रधानमन्त्रीको अनुरोध स्वीकार गर्दै हमालले आईतबार बिहान पदबाट राजीनामा दिएको प्रधानमन्त्रीको निजी सचिवालयको भनाई छ । विभिन्न संचार माध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा गरेको बताएका छन् ।

 

 

‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिया रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजिनामा पत्रमा उल्लेख छ, ‘हाल विभिन्न संचारमाध्यायमहरुमा संप्रेसित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेसित गरेको र यस्ता समाचारले आफ्नो बर्षोसम्म लोकतन्त्र, विधिको शाशन तथा राज्यका निकायहरुबीच शक्ति पृथकिकरणको सिद्धान्तको लागि लडेको लडाईको समेत अवमुल्ययन भएको बोध भएको छ । तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजिनामा दिएको छु।