फेरी सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं।नेपाली बजारमा साताको कारोबारको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा १ सय रुपैयाँले बढेको हो ।

 

 

 

छापावालाल सुन आज नेपाली बजारमा प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन आज प्रतितोला ९० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

यता चाँदी आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।