मासुको अचार यसरी बनाउनुहोस्,यस्ता छन्, १३ विधिहरु
काठमाडौं।१- आवश्यक सामग्री– बोसो र हड्डि छुट्याएको मासु– १ केजी
२-शुद्ध तेल – आधा लिटर
३-नुन– ३० ग्राम
४-बेसार– १ चम्चा (सानो चम्चाको)
५-अदुवा लसुनको पेष्ट– २५ ग्राम
६-जिराधो धुलो– १५ ग्राम
७-धनियाको धुलो – १० ग्राम
८-देशी सुप – ५ ग्राम
९-रायोको धुलो – २५ ग्राम
१०-मुङ्ग्य्राइलो – १० ग्राम
११-गरम मसला – ५ ग्राम
१२-पकाएको ज्यामिरको रस – १ सानो चम्चा
१३-खुर्सानी – स्वाद अनुसार
बनाउने विधि :
मासुलाई डेक्चीमा राखेर चुलोमा एकछिन बफाउने र झिकेर सेलाएपछि मसिनो गरी केस्राकेस्रा छुट्याउने ।
फ्राइपेनमा तेल तताउने । तातेपछि सानो आँचमा मासु बिस्तारै फ्राई गर्ने ।
पाकेर झुरुम झुरुम हुने भएपछि झिकेर सेलाउने र अर्को फ्राइपेन बसाउने, अदुवा लसुन फ्राई गर्ने, सुनौला भएपछि सबै मसला फ्राई गरेर झिकेर सेलाउने ।
सबै मसला र अमिलो सहित मासुमा राखेर काँटाले राम्ररी चलाउने । यो ताजै खाए पनि हुन्छ ।
३० मिनेटसम्म उमालेर पानीमा पकाएको सिसी ओभानो पारेर चिसो पारेको तयारी अचार सिसीमा खाँदेर बिर्को कसेर राख्ने । मासुको अचार तयार हुन्छ । यो लामो समयसम्म राखेर पनि खान सकिन्छ ।