रुबी खानले ११ दिनपछि तोडिन आमरण अनसन

काडमाडौं। अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छन् । गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएसँगै उनले अनसन तोडेकी हुन् ।

 

 

 

मंगलबार माइतीघर मण्डलमा मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको हातबाट जुस खाएर खानले अनसन तोडेकी हुन् । आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खान ११ दिनदेखि आमरण अनशनमा थिइन् ।

 

 

 

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा छानबिन तथा अनुसन्धान गर्न माग गर्दै खानसहित नेपालगन्जबाट १४ महिला २० दिनको पैदल यात्रा गरी काठमाडौं आइपुगेका थिए ।