नेप्से ७७ अंकले ओरालो लाग्यो

काठमाडौं। आज मंगलबार सेयर बजारको परिसूचक नेप्से ७७ दशमलब ३३ अंकले ओरालो लागेको छ । सो अंकको गिरावटसँगै परिसूचक २५१० अंकमा कायम भएको छ ।

 

 

यसअघि हिजो सोमबार ६९ अंकले घटेको थियो । यस दिन ३ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । हिजो २ अर्ब ९६ करोडको कारोबार भएको थियो ।

 

 

 

यस दिन सबै समूहमा गिरावट आएको छ । बैंकिङ ५१, विकास बैंक १९४, फाइनान्स ११२, होटल तथा पर्यटन ८८, जलविद्युत ११७, लगानी २, जीवन बीमा ४२८, उत्पादन १७५, माइक्रोफाइनान्स १३५, निर्जीवन बीमा ३१४, अन्य ३३ र ब्यापार समूह ५१ अंकले घटे ।

 

 

७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्य भने स्थिर रह्यो । नेपाल हाइड्रो डेभलपर्स र नेसनल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत धेरैले घट्यो ।