मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

काठमाडौं। वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । उनले बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेकी हुन् ।

 

 

 

आजको बैठकमा उनले विश्वासको मत लिने तयारी थियो । तर, स्वतः अल्पमतमा परेकी शाक्यले पदबाट राजीनामा दिएकी हुन् । शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् ।

 

 

 

यससँगै नेकपा एमालेले वाग्मती प्रदेश सरकार गुमाएको छ । यसअघि केन्द्र, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश गुमाएको एमालेलाई अब अर्को धक्का लागेको छ ।