आज सेयर बजार १८ अंकले बढ्यो

काठमाडौं। आज बुधबार सेयर बजार १८ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २७६९ मा कायम भएको छ ।

 

 

कारोबार रकम पनि सामान्य बढेको छ । आज कुल ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार भयो । हिजो ६ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

 

 

 

यस दिन कुल १११ कम्पनीको मूल्य बढ्दा ६९ कम्पनीको मूल्य भने घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

 

 

यस दिन बैंकिङ १३, फाइनान्स ९, जीवन बीमा ३१७, माइक्रोफाइनान्स ५८, निर्जीवन बीमा १७८, अन्य २२ र ब्यापार उपसमूह २३ अंकले बढे ।

 

 

 

विकास बैंक १, होटल तथा पर्यटन १०, जलविद्युत २० र उत्पादन उपसमूह ४४ अंकले घटे । बेस्ट फाइनान्सको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले बढ्यो भने एभरेष्ट बैंक कन्भर्टिबल प्रिफरेन्स सेयरको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घट्यो ।

 

 

कारोबारका आधारमा नबिल बैंक अग्रस्थानमा रह्यो । सो कम्पनीको ४३ करोड रुपैयाँको सेयर किनबेच भयो ।