बाजुराको कोल्टी विमानस्थलमा सर्वसाधारणबाट हवाइ टिकटमा दोब्बर भाडा असुली, नियमन गर्ने निकाय मुखदर्शक
काठमाडौं। बाजुराको एकमात्र कोल्टी विमानस्थलमा जहाजको टिकटमा मनोमानी भाडा असुली भएको छ। जहाजको टिकट नपाउने समस्या भएपछि सर्वसाधारण यात्रुसँग निजि एयरलाइन्सले दोब्बर बढी भाडा असुल्ने गरेको पाइएको छ।
सर्वसाधारण नागरिकले एकातिर भाडा दोब्बर तिरिरहेका छन् भने अर्को टिकटका लागि हारगुहार गरिरहेका छन् ।
एयरलाइन्सहरूले यात्रुसँग मनोमानी भाडा र भाडादर भन्दा दोब्बर पैसा असुली गरेपनि त्यहाँका सम्बन्धित निकाय स्थानिय तह, प्रहरी,प्रशासन र कोल्टी बिमानस्थल मुखदर्शक भएर बसेको स्थानीयले गुनासाे गरेका छन्।
प्रशासनले खुल्म खुला दोब्बर भाडा एयरलाइन्सहरूले असुली गरेपनि मुखदर्शक भएको स्थानीय बासिन्दाहरूले बताउने गरेका छन्।
कोल्टी विमानस्थलबाट नेपालगञ्जको भाडा ५ हजार ५ सय भन्दा बढी लिन नपाउने भएपनि निजी एयरलाइन्सका कार्मचारीहरूले सर्वसाधारणबाट रकम असुली गरि रहेका छन्।
बिहिवार मात्र कोल्टीबाट नेपालगञ्ज उठान भरेको सिता एयरलाइन्सले प्रतिब्यक्ति १० हजार भाडा असुली गरेर यात्रु उडाएको प्रहरी निरिक्षक देवेन्द्र जोशीले जानकारी दिएका छन्।
जोशीका अनुसार चाटर गरेर आएकोले १० हजार असुलेको उनले जानकारी दिए। उनले भने अरू मलाइ थाहा छैन हामीलाइ कसैले उजुरी पनि दिएको छनै कोही कसैलाइ अप्ठ्यारो परेपछि प्रहरीलाइ खबर गर्दा हुन्छ। हामी अप्ठ्यारोमा परेका नागिकलाइ सहयोग गर्न तयार छौं ।
कोल्टी विमानस्थलबाट १० हजार तिरेर नेपालगञ्ज जान पनि सर्त गर्नु पर्छ नत्र हल्ला हुने र टिकटमा १० हजार खुलाउन नमिल्ने भन्दै एयरलाइन्सका कर्मचारीले सेटिङ मिलाएर यात्रुहरूसँग १० हजार असुली गर्ने गरेको एक यात्रुले जनाएका छन्।
उनले भने उनिहरूसँग हारगुहार गरेर मात्र टिकट पाइने पिडित यात्रुले जानकारी दिएका छन्। उनले भने हल्ला भयो भने राम्रो हुने छैन भन्दै थर्काउने गरेको गुनासो समेत गरे।
कसैले सोध्यो भने ५ हजार ५ सय मात्र तिरेको हो भन्नु भनेर एयरलाइन्सका कर्मचारीहरूले थर्काउने गरेको उनले बताए ।
तर कुनै पनि एयरलाइन्सले ५ हजार ५ सयमा यात्रु नल्याउने गरेको उनले गुनासो समेत गरेका छन्। उनले आफ्नो नाम नभन्ने सर्तमा हामीलाइ टेलिफोन गरि यस्तो कुरा बताएका हुन ।
मनोमानी भाडा लिने समिट, सिता र तारा एयरलाइन्स भएको स्थानीयले बताएका छन्। तिनवटै एयरलाइन्सले प्रतिब्यक्ति १० हजार बढि भाडा असुली गरि रहेका छन्।
जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीसँग कुरा गर्दा उनले रेडिमेड जवाफ दिएका छन्।
उनले भने त्यती धेरै भाडा तिरेर जानु भन्दा सदरमुकाम आउन जम्मा चार घन्टा लाग्छ त्यसपछि त यातायातको सुविधा पाइहाल्छ किन जहाजबाट नै जानु पर्यो।
हामीले प्रश्न गर्यों विरामी अशक्त वृद्धवृद्धालाइ पनि यातायातको सुविधा दिन सदरमुकाम पठाउनु पर्ने होर ? उनले त्यस पछि भने त्यस्तो त होइन कोही विरामी,अशक्त भए हामीलाइ सम्पर्क गर्न लगाइ दिनुहोला हामी समस्या बुझेर सम्धान गर्न तयार छौं।
उनले भने हामीले प्रहरीलाइ भनेका छौं बढी भाडा असुली गरेको भन्ने गुनासो आएको छ त्यो के हो तत्काल बुझेर सत्य तथ्य पत्तालगाउन निर्देशन गरेका छौ त्यस्तो भेटिएमा कारबाही गर्ने उनले बताए।
कर्णाली राजमार्ग र मार्तडी कोल्टि सडक खण्ड बेमौसमि बर्षाले अबरोध भएपछि कोल्टिमा ६ सय भन्दा बढि यात्रु एक सातादेखि टिकटको पर्खाइमा अलपत्र रहेका छन्।
यात्रु धेरै भएपछि भिड व्यबस्थापन गर्न बिमानस्थललाई निकै समस्या परेको छ । एकातिर यात्रुको चाप र जहाजको टिकटमा समेत मनोमानी हुने गरेको पाईएको छ भने दशैं मनाउन घर आएकाहरु फर्किन थालेपछि एयरलाइन्सका कर्मचारीहरूले असुली पनि गर्न थालेकाे स्थानीयले बताए ।
बर्षाले सडक अबरोध भएपछि यात्रुहरू हवाई सेवा लिन बाध्य भएकाले कोल्टी विमानस्थलमा यात्रुले टिकट पाउन मुसकिल भएको हो।
निजी एयरलाइन्सहरूले यही मौकाको फाइदा उठाउदै सर्वसाधारणबाट डबल भाडा असुली गरिरहेका छन्। सम्बन्धित निकायले समयमै चासो नदिदा सर्वसाधारण ठगिदै आएका छन्। अबका आउने दिनमा सम्बन्धित निकायको बेलैमा ध्यान जाहोस्।