कपिलवस्तुमा क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)को संगठन विस्तार अभियान तीव्र
काठमाडौं । क्रान्तिकारी माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले कपिलवस्तु जिल्लाका विभिन्न स्कुल तथा क्याम्पसहरुमा आफनो संगठन विस्तार अभियानलाई तीव्र पारेको छ ।
यसै क्रममा जिल्लाको सिद्धार्थ बहुमुखी क्याम्पसमा एक कार्यक्रमका बीच ७ दस्यीय कमिटी गठन गरिएको छ।
त्यस्तै अध्यक्ष राम्र कृष्ण थारु, उपाध्यक्ष अमृता थारु,सचिव बन्दना भैर्य, सहसचिव प्रेम कुमार थारु, कोषाध्यक्ष निकिता केसी, सदस्यहरूमा सरिता यादव, निशा थारुलगाएतका रहेका छन्। उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का प्रदेश सदस्य मनोज थापालगायतका नेताहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) प्रदेश सदस्य थापाले अतिक्रमित नेपाली भुमि फिर्ता, एमसीसी खारेजी, शिक्षा स्वास्थ्य क्षेत्रका विकृति विसंगती, महंगी, भ्रष्टाचार लगायतका विषयलाई लिएर संगठन निरन्तर संघर्षको मैदानमा रहेको चर्चा गर्दै आम सचेत युवा विद्यार्थीहरू अब चुप लागेर बस्न नहुने बताउनु भयो ।
प्रदेश सदस्य थापाले विद्यालय, क्याम्पसमा हुने भ्रष्टाचार, अनियमितता, ढिला सुस्ती लगाउत तमाम बेथितिका विद्ध संघर्ष गर्ने बताउनु भयाे।
उहाँले संगठन र संघर्षलाई जिल्लाका सबै स्कुल क्याम्पसहरुमा एक साथ अभियानको रुपमा ससञ्चालन गरिने पनि उँहाले बताउनु भयो ।