बागमती प्रदेशमा थपिए ६ मन्त्री,मन्त्रीको संख्या १८ पुग्यो

काठमाडौं । वाग्मती प्रदेश सरकारमा ६ जना नयाँ मन्त्री थपिएका छन् । योसँगै प्रदेशमा मन्त्रालयको संख्या १८ पुगेको छ। जसमा ४ जना राज्यमन्त्री रहेका छन् ।

 

 

गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले आज ९शुक्रबार० ६ मन्त्री थप गरेसँगै मन्त्रीहरूको संख्या १८ पुगेको हो ।

 

 

 

मुख्यमन्त्री पाण्डेले आज सत्ताघटक नेपाली कांग्रेसको तर्फबाट ३ जना मन्त्री र ३ जना राज्यमन्त्री थपेका हुन् ।आज थपिएका मन्त्रीहरूमा दीपेन्द्र श्रेष्ठले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

 

 

यस्तै बलराम पौडेल भूमि व्यवस्था तथा सहकारी र मिलनबाबु श्रेष्ठले उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएको स्वास्थ्य मन्त्री निमा लामाले बाह्रखरीलाई जानकारी दिए ।

 

 

 

 

लामाकाअनुसार कांग्रेसकै तर्फबाट ३ जनाले आजै राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

 

 

 

जसमा रजनी अमात्य जोन्छे उद्योग राज्यमन्त्री, कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री तथा सन्त चेपाङले भौतिक मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघि नै वाग्मती प्रदेशमा ११ मन्त्री र १ राज्यमन्त्री थिए ।